सीको सम्मानमा रात्रिभोज– सहभागीले फोटो खिच्न नपाउनेदेखि कालो जुत्ता लगाउनु पर्नेसम्म « Khabarhub

सीको सम्मानमा रात्रिभोज– सहभागीले फोटो खिच्न नपाउनेदेखि कालो जुत्ता लगाउनु पर्नेसम्म


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार(आज) राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले कडा नियम बनाएको छ ।

रात्रि भोजमा सहभागी हुने नेपाली अतिथिहरुको हकमा विभिन्न ७ वुँदे शर्त राखिएका छन् । उनीहरुले यी सात बुँदाको पालना गर्दै अनुशासनमा बस्नुपर्ने छ ।

सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

रात्रिभोज व्यवस्थापनको पाटो सम्हालेको परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागीहुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ । भोजमा चिनियाँ प्रतिनिधमण्डलका साथमा नेपालबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, दलका शीर्ष नेताहरु, विशिष्ट सरकारी अधिकारीहरु, विशिष्ट व्यक्तिहरु र केही व्यवसायीलाई पनि निमन्त्रणा गरिएको छ । करिब २५० जना भोजमा सहभागी हुने जनाइएको छ ।

यस्ता छन् सातबुँदे शर्त

१. पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

२. सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

३. सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४. मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्वीर खिच्न नपाइने ।

५. प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

६. सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

७. पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : २१ बजे

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष