यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो | Khabarhub Khabarhub

यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी प्रदेश सरकारले आफ्नो क्षमता प्रस्तुत गर्ने समय यही रहेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लगातारको वर्षका कारण आएको बाढी पहिरोले कोशी प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएपछि सरकारलाई सुझाव दिँदै विपदका बेला नै सरकारले आफ्ना नागरिकप्रति उत्तरदायित्व बहन गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘संघीय सरकारलाई नागरिकसँग जोड्ने जनप्रतिनिधि विहीनताले नागरिकको पहुँच केन्द्रमा छैन, प्रशासन र कर्मचारीतन्त्रले तत्कालीन विपद प्रतिकार्यका काम गरिरहेकै छन् तर ठूलो जोखिम उठाएर उद्धार राहत र पुनर्निर्माणको काम सम्भव हुँदैन, श्रोत साधन र क्षेत्राधिकारको दृष्टिले पनि यो सङ्कटको घडिमा कोशी प्रदेश सरकारले, संघीय सरकारका निकायहरू, स्थानीय तह र जनप्रतिनिधिसँगको उचित समन्वयमा आफ्ना सबै संयन्त्र र स्रोत परिचालन गरेर आफ्नो औचित्य र क्षमता पुष्टि गर्ने बेला हो ।’

उनले जनतालाई नजिकको सरकारको प्रत्याभूति उद्धार, राहत, सेवाप्रवाह र पुनर्निर्माण मार्फत दिन प्रदेश सरकार सक्षम हुनु पर्ने भन्दै विपत्तिको समयमा सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : ३९ बजे

मनाङ यात्रामा मौसम बाधक

मनाङ– हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर

भारतको पश्चिम बङ्गालमा भारी वर्षा, २४ जनाको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको

कार र मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते

चितवन– चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका

पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै

उदयपुर– बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि

बलान नदीको बाढीले जीर्ण बनायो तटबन्ध

सिरहा– गत दुई दिनको अविरल वर्षाका कारण सिरहा र सप्तरीको