घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड « Khabarhub

घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए ।
 
संयोजक दाहालले भने, ‘माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।’

उनले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पारे।
 
माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ ।

 राजनीतिक दलभित्र पुस्तान्तरणसम्बन्धी बहसलाई निष्कर्षमा पुर्‍याउन माओवादीले मौजुदा केन्द्रीय समिति भङ्ग गरेर आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पनि निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : २८ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै