एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाइ « Khabarhub

एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाइ


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेका हुन् । नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ । 

नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो । बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने उल्लेख गरे ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । अनिष श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ४३ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि