टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी « Khabarhub

टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो। मलेसियाका लागि मास एलिसाले अर्धशतक बनाइन् । ६३ बलको सामना गरेकी उनले ५६ न जोडेकी हुन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले तीन विकेट हात पार्दा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे । उत्कृष्ट बलिङ गरेकी कविताले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पारेकी हुन् ।

जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाएर ११५ रन बनाएको हो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी बर्मा अर्धशतक बनाउन दुई रनले चुकेकी हुन्। कप्तान बर्मासँग उत्कृष्ट साझेदारी गरेकी रुबिना क्षेत्रीले २३ बलको सामना गर्दै २३ रन थपिन। कप्तान बर्मा र क्षेत्री नटआउट रहे।

मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एकएक विकेट हात पारे ।

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान इन्दु बर्मा । तस्बिरः क्यान

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ। सिरिजको फाइनल बुधबार हुँदैछ।

तस्बिरः क्यान

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : २५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ