महामन्त्री शर्माको आग्रह- विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गरिसक्नू  « Khabarhub

महामन्त्री शर्माको आग्रह- विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गरिसक्नू 


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न अपिल गरेका छन् । असोज २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।

त्यसैले महाधिवेशनका प्रतिनिधिहरूलाई असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न आग्रह गरेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरे।  

कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गर्नुपर्छ भन्ने पनि माग राखेको उनले बताएका छन् । 

विभिन्न व्यक्तिहरूले फोन अथवा एसएमएसमार्फत केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न र भन्ने गरेको उल्लेख गर्दै सो प्रश्नमा शर्माले जवाफ दिएका छन्, ‘लगनपछिको पोते के काम !’ विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने उनको विश्वास छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १ : ४५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा