एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी « Khabarhub

एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार र बुधबार पार्टीको प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका छन् । संवाद गरेपछि ओलीले आफूले भने सहज हिसाबले अध्यक्ष नछाड्ने संकेत गरेका छन् ।

ओलीले आफू एउटा विधिबाट अध्यक्ष भएको भन्दै भर्खरै सम्पन्न पार्टीको विधान महाधिवेशन पनि सर्वसम्मत रूपमा भएको भन्दै अध्यक्षबाट सहजै बहिर्गमन नहुने संकेत गरेको संवादमा सहभागी एक जिल्ला अध्यक्षले खबरहबलाई बताए ।

जेन-जी आन्दोलनको कारण सरकारबाट बाहिरिने अवस्थामा पुगेका ओलीले अहिलेको अवस्था उत्पन्न हुनुलाई घुमाउरो पाराले आफ्नो भूमिका र भूराजनीतिक असरको रूपमा व्याख्या समेत गरेको उनले बताए । ओलीले कुनै देशको नाम भने नलिएको उनको भनाइ छ ।

अहिले एमालेमा केही पदाधिकारीसहित ठूलो संख्याका नेता तथा कार्यकर्ताले ओलीले अध्यक्ष छाड्नुपर्ने भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका छन् । सोही विषयलाई मध्यनजर गर्दै ओलीले भर्चुअल संवादमा फरक–फरक प्रदेशको सहभागिता गराउने प्रयास गरेको सहभागी अध्यक्षले बताए ।

भर्चुअल संवादमा सहभागी अधिकांश जिल्ला अध्यक्षहरूले अहिलेको अवस्थामा स्थानीय तहसम्म गएर पार्टीको काम कारबाही गर्न अप्ठ्यारो स्थिति पैदा भएको सुनाएका थिए । साथै, स्थानीय कार्यकर्ता र जनताको स्तरबाट आएका प्रतिक्रियाको विषयलाई पनि राखेका थिए ।

तर, ओलीले भने सामाजिक सञ्जालमा लेखेर समस्याको समाधान नहुने भन्दै जिम्मेवारी लिनुपर्ने र मार्गपशस्त गर्नुपर्ने आवाज उठाएकाहरूलाई जवाफ दिने कोसिस गरेको सहभागी अध्यक्षले बताए ।

भर्चुअल संवादमा ओलीले एमाले–कांग्रेशको मात्रै ६० प्रतिशत जनमत रहेको भन्दै आगामी निर्वाचनमा समेत मिलेर जान सक्ने संकेत गरेका थिए ।

उनले आगामी दिनमा आन्दोलनको आवश्यकता समेत हुनसक्ने भन्दै तयार रहन समेत भनेको सहभागी अध्यक्षले खबरहबलाई बताए ।

साथै, ओलीले भदौ २३ गतेको आन्दोलनको क्रममा सुरक्षाकर्मीले आवश्यक ब्यारिकेट राख्ने काम नगरेको र २४ गते हात नै उठाएको बताएका थिए ।

त्यस्तै, भर्चुअल संवादमा ओलीले माओवादीका नेता तथा कार्यकर्ताको घरमा क्षति भएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेन-जी आन्दोलनको षडयन्त्रमा नै रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : २६ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै