बोलेरो जीप दुर्घटनामा चौध जना घाइते | Khabarhub Khabarhub

बोलेरो जीप दुर्घटनामा चौध जना घाइते


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ । 

घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको अस्पतालले जनाएको छ । 

ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरूको स्थानीयवासी, जनप्रतिनिधि र नगर प्रहरी र सुरक्षाकर्मीहरूले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : २६ बजे

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो

बङ्गलादेशका पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेश – बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा

असोज १७ पछिको विपद्मा परेर ज्यान गुमाउनको संख्या ५३ पुग्यो

काठमाडौं – यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३

सन्दीप जोरा पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो