सेनाले चलाउने आधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

सेनाले चलाउने आधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–  नेपाली सेनाले प्रयोग गर्ने एम–१६ राइफल र एलएमजी (लाईट मेसिन गन) सहित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक थान एम–१६ र एलएमजीसहित मोरङको केराबारी गाउँपालिका–१० का ४२ वर्षीय देवकुमार लिम्बु (संगीत)लाई पक्राउ गरेको हो ।

लिम्बु विप्लव नेतृत्वको नेकपाका पूर्वी ब्यूरो सदस्य रहेको बुझिएको छ ।

प्रहरीले लिम्बुको साथबाट एम–१६ एक थान तथा त्यसमा प्रयोग हुने म्यागेजिन एक थान र एलएमजी १ थान तथा एलएमजीलाई माउन्ट गरेर प्रयोग गर्ने वाइपड १ थान बरामद गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ०० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’