प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ « Khabarhub

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

बरहथवा– प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । 

वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले आज नियन्त्रणमा लिएको उनले बताए। प्रहरीका अनुसार गत शुक्रबार साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७, सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका–५ बस्ने अनिलराय यादवलगायतले कुटपिट गरेका थिए । 

उक्त घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि कारिल यादव पक्षका वडाध्यक्ष दाससहितका केही व्यक्तिले प्रहरी चौकीमाथि ढुङ्गामुडा तथा बाँसको फराठा प्रहार गरेका हुन् । घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

ढुङ्गाले लागेर उनको अगाडिको दुई वटा दाँत भाँच्चिनुका साथै चौकीमा कार्यरत अन्य पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासलाई कुटपिट अङ्भङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको उपरीक्षक राईले बताए। 

सोही मुद्दामा सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष दासलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ । यता वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले आज दिउँसोदेखि गोडैता बजार बन्द गराएका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ३३ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट