लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली « Khabarhub

लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ गते भएको घटनामा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट गरेका छन्। बुधबार आयोजित पार्टीका जिल्ला अध्यक्षसहितका नेताहरूसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै ओलीले सो घटनाबारे विस्तृत रूपमा बोलेका हुन्।

ओलीले भने, ‘भदौ २३ गते गोली चल्दा मैले कुनै आदेश दिएको थिइनँ। त्यस दिनकै साँझ म सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्रीसँग बसेर सोधेँ -किन गोली चलाइयो ? टाउको र छातीमा ताकेर किन चलाइयो ? मैले छानबिन समिति गठन गर्न निर्देशन पनि दिएको थिएँ, ताकि दोषी कारबाहीको दायरामा आउन्।’

उनले आफ्नो राजनीतिक जीवनमा सधैं बालबालिका र युवाका हक हितमा काम गरेको दाबी गरे। ‘मैले सबैभन्दा धेरै माया बालबालिकालाई गरेको छु, र सबैभन्दा धेरै काम युवाका लागि गरेको छु,’ओलीले भने।

साथै ओलीले अब प्रतिनिधि सभा फर्काउन आन्दोलन गर्नुपर्ने बताए । संसद् पुनःस्थापना र असंवैधानिक कदमको विरोधमा पार्टी आन्दोलनमा जाने तयारी भइरहेको उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ।’

ओलीले संकटको बेला डर र त्रासका कारण आन्दोलन छोड्न बाध्य भएका पार्टी कार्यकर्तालाई पुनः स्वागत गर्ने र आफैं खुशीले पार्टी छोडेकाको राजीनामा स्वीकृत गर्ने बताएका छन्।

उनले संविधान निर्माणदेखि नाकाबन्दी, चुच्चे नक्सा, दैलेखको पेट्रोल खानी, नवलपरासीको फलाम खानी र नेपालको भूमिमा दुई देशबीच भएका सम्झौताहरूमा आफ्नो अडान सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको बताए। ‘यीनै विषयमा दह्रोसँग कुरा उठाउँदा ममाथि विभिन्न घटना र आरोप लगाइएका हुन्,’ उनले भने।

हालका युवापुस्तामाथि टिप्पणी गर्दै ओलीले जेन(जीले आफ्नै उमेरकी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको भन्दै कटाक्ष गरे । ‘जेनजी पार्टी अध्यक्ष चाहियो, जेनजी प्रधानमन्त्री चाहियो भन्नेहरूले अहिले प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो भनेर हेरेर बोल्नुपर्छ’, उनले भने

उनले पार्टीभित्र विचार र नेतृत्वका विषयमा बहस गर्न आग्रह गरे ‘कमिटीभित्र व्यापक छलफल चलाउनुस्, तर कमिटीले गरेको निर्णय सबैले सहर्ष स्वीकार गरी कार्यान्वयनमा लाग्नुस्’, उनले भने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ३५ बजे

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब