लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली | Khabarhub Khabarhub

लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ गते भएको घटनामा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट गरेका छन्। बुधबार आयोजित पार्टीका जिल्ला अध्यक्षसहितका नेताहरूसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै ओलीले सो घटनाबारे विस्तृत रूपमा बोलेका हुन्।

ओलीले भने, ‘भदौ २३ गते गोली चल्दा मैले कुनै आदेश दिएको थिइनँ। त्यस दिनकै साँझ म सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्रीसँग बसेर सोधेँ -किन गोली चलाइयो ? टाउको र छातीमा ताकेर किन चलाइयो ? मैले छानबिन समिति गठन गर्न निर्देशन पनि दिएको थिएँ, ताकि दोषी कारबाहीको दायरामा आउन्।’

उनले आफ्नो राजनीतिक जीवनमा सधैं बालबालिका र युवाका हक हितमा काम गरेको दाबी गरे। ‘मैले सबैभन्दा धेरै माया बालबालिकालाई गरेको छु, र सबैभन्दा धेरै काम युवाका लागि गरेको छु,’ओलीले भने।

साथै ओलीले अब प्रतिनिधि सभा फर्काउन आन्दोलन गर्नुपर्ने बताए । संसद् पुनःस्थापना र असंवैधानिक कदमको विरोधमा पार्टी आन्दोलनमा जाने तयारी भइरहेको उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ।’

ओलीले संकटको बेला डर र त्रासका कारण आन्दोलन छोड्न बाध्य भएका पार्टी कार्यकर्तालाई पुनः स्वागत गर्ने र आफैं खुशीले पार्टी छोडेकाको राजीनामा स्वीकृत गर्ने बताएका छन्।

उनले संविधान निर्माणदेखि नाकाबन्दी, चुच्चे नक्सा, दैलेखको पेट्रोल खानी, नवलपरासीको फलाम खानी र नेपालको भूमिमा दुई देशबीच भएका सम्झौताहरूमा आफ्नो अडान सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको बताए। ‘यीनै विषयमा दह्रोसँग कुरा उठाउँदा ममाथि विभिन्न घटना र आरोप लगाइएका हुन्,’ उनले भने।

हालका युवापुस्तामाथि टिप्पणी गर्दै ओलीले जेन(जीले आफ्नै उमेरकी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको भन्दै कटाक्ष गरे । ‘जेनजी पार्टी अध्यक्ष चाहियो, जेनजी प्रधानमन्त्री चाहियो भन्नेहरूले अहिले प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो भनेर हेरेर बोल्नुपर्छ’, उनले भने

उनले पार्टीभित्र विचार र नेतृत्वका विषयमा बहस गर्न आग्रह गरे ‘कमिटीभित्र व्यापक छलफल चलाउनुस्, तर कमिटीले गरेको निर्णय सबैले सहर्ष स्वीकार गरी कार्यान्वयनमा लाग्नुस्’, उनले भने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ३५ बजे

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

काठमाडौं – ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो

डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै

काठमाडाैं – केही दिन अघिको परेको अबिरल वर्षाले डेङ्गी सार्ने

कुवेतविरुद्ध पहिलो ओभरमै सोमपालले लिए विकेट

काठमाडौं – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले कुवेतविरुद्धको खेलमा

महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो