काठमाडौं – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले कुवेतविरुद्धको खेलमा पहिलो ओभरमा नै विकेट लिएका छन् ।
ओमानमा जारी आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटमा कुवेतविरुद्ध सोमपालले पहिलो ओभरको चौथो बलमा विकेट लिएका हुन् । उनले कुवेतका ओपनर ब्याट्सम्यान रविजा सान्दारुवालाई बोल्ड आउट गरे ।
यसअघि अल अमिरत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
प्रतिक्रिया