चन्दा सङ्कलनबाट म्याग्दी र कास्की जोड्ने ट्र्याक निर्माण | Khabarhub Khabarhub

चन्दा सङ्कलनबाट म्याग्दी र कास्की जोड्ने ट्र्याक निर्माण


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन् ।

‘पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो’, उनले भने, ‘प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।’

मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ३२ बजे

नेतन्याहुद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि मन्त्रिपरिषद् बोलाउने

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको

सानेपामा कांग्रेस पदाधिकारी बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले

टेलर स्विफ्टको ‘द लाइफ अफ अ शोगर्ल’ ले तोड्यो एडेलको रेकर्ड

काठमाडौं– अमेरिकी पप सुपरस्टार टेलर स्विफ्टले फेरि एकपटक संगीत जगतमा

गृहमन्त्रीलाई नउत्ताउलिन र नचम्किन ओलीको सुझाव

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई नउत्ताउलिन सुझाव