भक्तपुर– नेपालीहरूको दोश्रो महानचाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा किसानहरू मखमली फूल टिप्न व्यस्त भएका छन् ।
वैशाख–जेठमा लगाइएको मखमली फूल दशैँ अघि नै फुलेको हो । दशैँ अघि टिपिएको मखमली विदेश निर्यात हुने गरेको स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।
दशैँपछि तिहारका लागि फूल टिपिने उनको भनाइ छ । नगरकोटीका अनुसार मखमली फूलको माला प्रतिगोटा २२–२३ रुपैयाँमा बिक्री हुने गरेको छ । व्यवसायीहरू घरमै माला लिन आउने उनले बताइन् ।
हाल यहाँका किसानहरू बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काममा व्यस्त छन् ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया