कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा, फिल्डमा दीपेन्द्रको दबदबा « Khabarhub

कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा, फिल्डमा दीपेन्द्रको दबदबा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धाको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ शानदार जित निकाल्दा नेपालले ब्याट, बल र फिल्ड सबैतिर उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।

१४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई १८.१ ओभरमा ८३ रनमा अलआउट गर्दा नेपालको खेल प्रशंसा योग्य बनेको हो । नेपालविरुद्ध कुवेतका तीनबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कठिन मैदानमा ओपनर कुशल भुर्तेलको सुझबुझपूर्ण ब्याटिङमा गुल्सन झाले साथ दिँदा खेल रोचक बनेको थियो । अन्तिम ओभरसम्म टिकेर खेलेका कुशलले ५६ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाए ।

अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै गुल्शन झाले ६ बलको सामना गर्दा तीन छक्का प्रहार गर्दै २० रन बनाएर कुवेतमाथि नेपाको दबदबा पेश गरे । कुवेतविरुद्ध दीपेन्द्रको २० रन जोड्दा कप्तान रोहित पौडेलको १६ रनको योगदान दिए । खराब सुरुवात गरेको नेपालले पूरै २० ओभर खेल्दा १४१ रन बनाउँदै सम्मानजनक योगफल खडा गरेको हो ।

मैदानमा दीपेन्द्र ऐरीको रन जोड्न दौडिने शैलीको चर्चा कमेन्टेटरले नेपालीको मन छुने शैलीमै गर्दै थिए । ऐरीले कुवेतका क्लिन्टो एन्टोलाई रन आउट गरेको दृश्यको वर्णनमा कमेन्टेटरले भने, ‘दीपेन्द्रले जे छुन्छन् त्यो सुन हुन्छ ।’ त्यसपछिको उनको सेलिब्रेसनले सामाजिक सञ्जाल तातेको छ ।

१४२ रनको लक्ष्य पछ्याएको कुवेतविरुद्ध सुरुकै ओभरमा विकेट लिएर सोमपाल कामीले नेपाली फ्यानलाई खुशी दिएका थिए । पहिलो विकेटले नेपाली खेलाडीमा उत्साह थपिएको थियो । नन्दन यादवको अर्को विकेटले नेपाल खेलमा फर्किएको थियो ।

सन्दीप लामिछानेले दुई ओभर बलिङ गर्दा धेरै रन खाएपछि नेपाली फ्यान निराश बनेका थिए । रोहितले केही ब्रेक दिएर सन्दीपलाई फेरि बल दिँदा मेडनसहित दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २२ रन खर्चिएर एक मेडनसहित २२ रन खर्चिए ।

कसिलो बलिङ गरेका ललित राजवंशीले चार ओभरमा १७ रन खर्चिएर दुई विकेट हात पार्दा कप्तान रोहित पौडेलले दुई ओभर बलिङ गर्दा मात्र ९ रन दिएर दुई विकेट हात पारे ।

सम्हालिएर ब्याटिङ गर्दै शानदार अर्धशतक बनाएका कुशलले बलिङ र फिल्डिङमासमेत उत्कृष्ट प्रदर्शन गरे । उनले एक ओभर एक बल बलिङ गर्दा ६ रन दिएर एक विकेट निकाले । नन्दन यादवले दुई ओभर बलिङ गर्दा ११ रन खर्चिएर एक विकेट झारे ।

नेपाल टी–२० विश्वकपमा प्रवेश गर्न एक खेल टाढा छ । कुवेतमाथिको शानदार जितसँगै नेपालको विश्वकप प्रवेश गर्ने ढोका खुलेको छ । शुक्रबार जापानमाथि जित निकाल्दै नेपाल विश्वकप खेल्न चाहन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ३४ बजे

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा