एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित « Khabarhub

एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसिया कप २०२७ को छनोट अन्तर्गतको तेस्रो चरणमा नेपाल भियतनामसँग ३–१ गोलअन्तरले पराजित भएको छ। पहिलो हाफसम्म सन्तुलित प्रदर्शन गर्दै खेललाई बराबरीमा राख्न सफल भएको नेपाल दोस्रो हाफमा भने दबाब झेल्न बाध्य बन्यो।

खेलको नवौं मिनेटमै ताइन लिन्हले गरेको गोलमार्फत भियतनामले अग्रता लिएको थियो। तर, नेपालका सनिश श्रेष्ठले १७ औँ मिनेटमा बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। पहिलो हाफमै भियतनामले अर्को गोल गरेको थियो, तर अफसाइडको कारण त्यो गोल अस्वीकृत भयो।

पहिलो हाफको अतिरिक्त समयमा नेपालका लकेन लिम्बुले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित रह्यो। यही कारण दोस्रो हाफमा नेपाली टोलीमा समन्वय कमजोर भयो र भियतनामले खेलमा पूर्ण नियन्त्रण जमायो।

६७ औँ र ७२ औँ मिनेटमा लगातार दुई गोल गर्दै भियतनामले सहज जित सुनिश्चित गर्‍यो। नेपालका गोलरक्षक किरण राईले केही उत्कृष्ट बचाउ गरे पनि परिणाम आफ्नो पक्षमा मोड्न सकेनन्।

यस हारसँगै नेपालका लागि आगामी खेलहरूमा पुनरागमन गर्ने दबाब थपिएको छ, जबकि भियतनामले यस जितसँगै समूह चरणमा बलियो स्थिती कायम गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : ४६ बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू