चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग « Khabarhub

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताए । उनले भने,’मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ ।’

महासङ्घले चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : १५ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।