अब दैनिक २५ लाख रुपैयाँ रेमिट्यान्स पठाउन पाइने, सुनको कोटा पनि बढ्यो « Khabarhub

अब दैनिक २५ लाख रुपैयाँ रेमिट्यान्स पठाउन पाइने, सुनको कोटा पनि बढ्यो


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रोजगारको लागि गएका श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ लाई संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

‘नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुनेगरी विदेशी (नागरिक वा फर्म/कम्पनी/संस्था)बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित बेनेफिसिरीको खातामा जम्मा गर्ने गरी रु. २५ लाखसम्म (एक पटक वा पटक–पटक) को विप्रेषण रकम ल्याउन सकिने छ’, संशोशित एकीकृत परिपत्रमा भनिएको छ ।

अहिलेसम्म यस्तो रकम दैनिक रूपमा बढीमा २० लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था रहेको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै दैनिक आयात गर्न पाइने सुनको कोटालाई पनि बढाएको छ । अहिलेसम्म दैनिक रूपमा २० किलोग्राम सुन आयात गर्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई संशोधन गर्दै २५ किलोग्राम पुर्‍याइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ४५ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब