चितवनमा थपिए ९ सय ५० नयाँ मतदाता « Khabarhub

चितवनमा थपिए ९ सय ५० नयाँ मतदाता


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए ।

उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उनले बताए ।

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उनले जानकारी दिए । विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनका मतदाता चार लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उनले बताए ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ३५ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ