काठमाडौं- यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितेकी छिन् ।
नर्वेजियन नोबेल समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध अभियान सञ्चालन गर्दै आएकी छिन् ।
आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ ।
यो वर्ष शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो । केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए । यद्यपि ट्रम्पलाई निराश बनाउँदै मचाडोले यसपाली नोबेल शान्ति पुरस्कार जितेकी हुन् ।
प्रतिक्रिया