यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनः निर्माणका साथै निर्वाचनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनः निर्माणका साथै निर्वाचनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले एसियाली बिकास बैंकबाट एकसय मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

त्यसैगरि नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।

मन्त्रिपरिषद्ले नेपाली सेनाको सैनिक प्राविधिक सेवा स्वास्थ्य समूहका तीन जना महासेनानीहरुलाई सोही सेवा समूहको सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।  

त्यस्तै राजपत्राङ्कित प्रथम श्रेणीका १५ जना सहसचिवहरूको सरुवा गर्ने, वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : १९ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को