मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन « Khabarhub

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखा– यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । 

उनीहरूमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल  १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै  १६ करोड रुपैयाँ मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्ये ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए । उनीहरूबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित छ । यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ । रासस

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ५७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु