चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा « Khabarhub

चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ । 

कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिए । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान (एक हजार ६१५ हेक्टर), अगहनी (एक हजार ३५७), उखुबाली (४३७ हेक्टर) तथा तरकारी (४८८ हेक्टर) डुबानमा परेको उनले बताए । 

चालु आर्थिक वर्ष २०८२/८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउन सक्ने बताइएको छ । 
 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ०६ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको