सी चीन फर्कदा यी रुट हुन्छन् बन्द, विमानस्थलको उडान पनि प्रभावित « Khabarhub

सी चीन फर्कदा यी रुट हुन्छन् बन्द, विमानस्थलको उडान पनि प्रभावित


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपाल भ्रमणको समापन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ आज स्वदेश फर्कदै छन् ।

आज विहान देखि नै भेटवार्तामा व्यस्त रहेका सीले नेकपाका सचिवालय नेताहरुसँग सामूहिक छलफल गरेका छन् । त्यसपछि उनले नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

होटल सोल्टीमा भेटघाटका कार्यक्रमहरु तय भएका छन् ।

प्रचण्डसँगको भेटवार्तापछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा चीन र नेपालबीच द्वीपक्षीय सम्झौताहरु हुने छन् ।

यी सम्पूर्ण कार्यक्रमहरु सकिएसँगै सी आजै दिउँसो एक बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनी आइतवार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सवारी आवागमन अवरुद्ध

सी विमानस्थल जाने भएसँगै सी हिँड्ने रुटमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुनेछ ।

सी बसेको होटल सोल्टी देखि कालिमाटी, त्रिपुरेश्वर , माइतिघर , बानेश्वर, तिनकुने, सिनामंगल र एयरपोर्टसम्मको रुट पूर्ण रुपमा बन्द रहने छ भने सर्वसाधारणको आवागमन पनि अवरुद्ध हुने छ ।

सीको उडान अघि र केही बेर पछि विमानस्थलबाट पनि अन्य उडानहरु हुने छैनन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : ५७ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ