चाणक्य नीतिः पुरुषले भुलेर पनि अरुलाई भन्नु हुँदैन यी ४ कुरा | Khabarhub Khabarhub

चाणक्य नीतिः पुरुषले भुलेर पनि अरुलाई भन्नु हुँदैन यी ४ कुरा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे–जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।

उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य शास्त्रका अनुसार पुरुले गोप्य राख्नुपर्ने चार कुरा यस्ता छन्–

१. कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुने गर्छन् । जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

२. चाणक्यले धनको क्षति भयो भने पनि यसबारे कसैलाई भन्न नहुने सुझाएका छन् । धनको क्षतिबारे अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ । मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

४. चाणक्यले भनेका छन्– जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ, तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्न सक्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : १२ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा