जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने | Khabarhub Khabarhub

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो ।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए ।

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ । घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : १५ बजे

रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ

झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

झापा– डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका

प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी ! 

काठमाडौं – गत भदौमा फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक कार्यक्रम

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

दाङ– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा