लहानमा मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया | Khabarhub Khabarhub

लहानमा मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा- लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पहिचान गरिएका ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिएको छ ।

यही असोज २२ गते राजदेवी मन्दिर प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा ३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परेको थियो ।

मोतियाबिन्दु भेटिएकामध्ये पहिलो चरणमा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । अन्य ४६ जनाको आज शल्यक्रिया गरिने वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

शल्यक्रियापछि डिस्चार्ज भएका बिरामीहरूलाई नगरप्रमुख महेशप्रसाद चौधरीले आज अस्पताल पुगी उनीहरूलाई फलफूल वितरण गरेका थिए । साथै उनले बिरामीहरूलाई नगर बसमार्फत आ–आफ्ना घरसम्म पु¥याउने व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १२ : ०८ बजे

गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

गाजा – सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु

ट्राफिक प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्ने तयारी 

काठमाडौं– ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

गलकोट– बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

मोरङ- राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७

डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

काठमाडौं–  वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश