गैरआवासीय नेपाली संघले मनायो २२ औँ स्थापना दिवस (तस्बिरहरू) « Khabarhub

गैरआवासीय नेपाली संघले मनायो २२ औँ स्थापना दिवस (तस्बिरहरू)


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ ।

शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।

सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुकाबीचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले गत भदौ २३-२४ को जेन-जी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउँदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा एनआरएनए  उच्चस्तरीय समितिका सदस्य  विनोद कुँवरले सबैले व्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे ।

संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेन-जी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउँदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप  सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् ।

संघले एनआरएन दिवसकै अवसरमा  शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ। यसैगरी शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम  छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : २९ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग