राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी « Khabarhub

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । शनिबार यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको जानकारी दिइयो । 

अध्यक्ष जीवन काफ्लेले संस्थाको अघिल्लो आव २०८०/८१ मा ४८ करोड चार लाख रुपैयाँ रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्‍याइने लक्ष्य रहेको बताए । गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् ५१ करोड ४३ लाख पाँच हजार ५६९ रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए । 

यस्तै, सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०९ रुपैयाँ रहेको छ भने  ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल एक हजार ८९३ जना शेयर सदस्य रहेका  छन् ।
 
यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए । 

यसैबीच यहाँ एक पत्रकारसहित तीन जनालाई नगदसहित पुरस्कृत गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी सङ्गठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाडौँ), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । 

निजामती कर्मचारी सङ्गठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले तीनै जनालाई पुरस्कार प्रदान गरे । सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ । रासस

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ३० बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश