जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह « Khabarhub

जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा शान्ति कायम गर्ने पहल गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रूस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।”

दुई नेताहरूबीचको सम्बन्धमा फेब्रुअरीमा नाटकीय रूपमा तनाव देखिए पनि अहिले उनीहरूबीच सम्बन्धमा न्यानोपन आएको छ। उनीहरूबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भएको थियो।

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही महिना यता जेलेन्स्कीलाई ‘राम्रो मान्छे’ भन्दै युक्रेनको लागि समर्थन कायम राख्नुभएको छ। युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरूद्ध लडिरहेको छ।

यसअघि दुई नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ४३ बजे

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत