प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू « Khabarhub

प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा गरिएको प्रचारको कडा विरोध गरेको छ।

संयोजक प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा विभिन्न माध्यममार्फत् चरित्रहत्या र भ्रम फैलाउने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएको तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछौं।’

सचिवालयले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै गालीगलौज र मानहानी गर्ने सामग्री प्रकाशित हुनु पत्रकार आचारसंहिता र कानूनी मापदण्डको उल्लङ्घन भएको जनाएको छ।

त्यसमा भनिएको छ, ‘पछिल्ला केही सामग्रीहरूमा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित नगरी पूर्वाग्रही र प्रायोजित ढङ्गले असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ, जुन गम्भीर र आपत्तिजनक छ।’

सचिवालयले प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र छोरी गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको जस्ता दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ।

त्यस्तै, डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचार साइबर कानुनविपरीत भएको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ।

सचिवालयले भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक पक्षले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : २२ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने