बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट | Khabarhub Khabarhub

बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त विवरणअनुसार बाढीले करिब दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको छ । 

उनका अनुसार अहिलेसम्म प्राप्त भएको विवरणअनुसार जिल्लाको महोत्तरी गाउँपालिकामा सबैभन्दा बढी ६०० हेक्टर, बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी नगरपालिकामा ३०० हेक्टर, एकडारा गाउँपालिकामा ३०० हेक्टर, लोहारपट्टी नगरपालिकामा १०० हेक्टर, भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी एक हजार ९३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको छ । 

त्यसैगरी, ती पालिका बाढीले गर्दा नै एक हजार २९० हेक्टर उखुबाली, ६३६ हेक्टर तरकारी बाली र १५३ हेक्टर जग्गामा लगाइएको दलहन बाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उखुबालीमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ८७५ हेक्टर र तरकारी बालीमा सबैभन्दा बढी मटिहानी नगरपालिकामा १०० हेक्टर क्षति भएको जनाइएको छ । 

रातो नदीको तटबन्ध भत्किएर जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका नै प्रभावित हुनेगरी जिल्लामा भीषण बाढी आएको थियो । त्यसले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्रले बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण प्रत्येक पालिकाबाट माग गरेकामा अहिलेसम्म नौ पालिकाले मात्रै क्षति विवरण उपलब्ध गराएको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ५७ बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका