उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति पौडेल « Khabarhub

उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति पौडेल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचारार्थ भर्ना भएका राष्ट्रपति पौडेललाई स्वास्थ्य परीक्षण र उपचारपछि डिस्चार्ज गरिएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको र अब नियमित स्वास्थ्य निगरानी जारी रहने उल्लेख छ।

राष्ट्रपति पौडेललाई आइतबार दिउँसो स्वास्थ्यमा असजिलो महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो।

आवश्यक परीक्षणपछि चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार आएको जनाएका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : २६ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर