दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुल्सीपुर– दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दाङको दूधरासबाट सिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप तुल्सीपुर उपमहानगरपालिका–१९ बाहिरी संग्राममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुल्सीपुर–१९ बासगढीका ३५ वर्षीय लालबहादुर राउत र छिल्लीकोटका ५५ वर्षीय अमर बहादुर वली छन् ।

घाइते हुनेमा लिला बहादुर खड्का, कर्म बहादुर खड्का, सपना ओली र एक ४ वर्षीय तथा अर्का १ वर्षीय बालक छन् । घाइतेमध्ये लिला बहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : २२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ