विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा | Khabarhub Khabarhub

विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसहित तीनजना कर्मचारी र कम्पनीविरुद्ध विशेष अदालमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव, रौतहट एडभरटाइजिङ एजेन्सी प्रालि तथा उक्त कम्पनीका सञ्‍चालक अजित कुमार कर्णविरुद्ध अख्यिारले मुद्दा चलाएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी भ्रष्टाचार गरेको अख्तियारले लगाएको छ ।

उनीहरूविरुद्ध अख्तियारले जनही दुई लाख ५७ हजार ९ सय ७० बिगो, बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुल र ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद माग दाबी गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०८ बजे

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन

जेन–जी आन्दोलनमा भागेकामध्ये ५५ सय कैदी अझै बाहिरै (सूचीसहित)

काठमाडौं – कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनको क्रममा फरार भएका

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता

कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने

काठमाडौं– कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने भएका

राजेन्द्र लिङ्देनले भन्छन्ः देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको