वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो « Khabarhub

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख  डा राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो । 

उनले बिरामीको मस्तिष्कमा रहेका छ वटा ‘एनोरिज्म’को एक पटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए  । यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए । 

‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुन सक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो । ‘ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए’, उनले भने, ‘तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौँ ।’ उनका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ । 

उनले एकै व्यक्तिको मस्तिष्कमा छ वटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताए । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमै मात्रामा हुने गर्दछ । उनले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताए । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ । 

न्युरो सर्जरी विभाग प्रमुख डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उनले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । 

‘अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको थियो’, उनले भने, ‘तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्वक गर्यौँं ।’ अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । 

उनले अहिले बिरामीको अवस्था ठिक भइसकेको जनाए । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ३८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको