क्षतिग्रस्त पुलबाट जोखिम मोलेरै यात्रा गर्न बाध्य इलामवासी « Khabarhub

क्षतिग्रस्त पुलबाट जोखिम मोलेरै यात्रा गर्न बाध्य इलामवासी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेची राजमार्गको विकल्पमा इलाम–तिल्केनी–बञ्जवेदी–नामसालिङ–नयाँबजार हुँदै फिक्कल निस्कने सडकखण्ड प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

प्रशासनले आइतबार सूचना जारी गर्दै अस्थायी रूपमा उक्त खण्ड प्रयोग गर्न सकिने जनाएको हो । 

भू–संरचनागत जोखिमका कारण माइखोलास्थित राजदुवाली खण्ड भने तत्कालका लागि सुचारु गर्न सक्ने अवस्था नरहेको सूचनामा उल्लेख गरिएको छ । 

इलाम नगरपालिकाका स्थानीय निरज खडेगीका अनुसार दशैं मनाउन आएका यात्रुहरूसमेत अलपत्र परेका कारण हाललाई क्षतिग्रस्त पुल फिलिङ गरेर साना सवारी मात्रै सुचारु गर्न सकिएको हो । 

‘इलाम नगरपालिकाको ८ नम्बर वाडको तिल्लेनी हुँदै माइखोला बञ्जदेवीको आंशिक क्षतिग्रस्त ढलान पुलको पिल्लरमा फिलिङ गरेर अड्किएका साना सवारी सुचारु गर्ने हो, यो खण्डबाट सूर्योदय नगरपालिका फिदिम मेची राजमार्ग जोडिन्छ,’ उनले बताए ।

यो खण्ड पनि अस्थायी रूपमा खोलिएको हो भोलि पुनः मर्मत गर्ने छलफल भएको उनले थपे । जोखिम कायमै रहेकाले रातको समयमा सवारी सञ्चालन गर्न भने पूर्ण रूपमा रोक लगाइएको छ । 

असोज २६ गते राति १० बजेदेखि असोज २७ गते बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ४२ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा