जसपा मधेश प्रदेश अधिवेशनको तयारी पूरा « Khabarhub

जसपा मधेश प्रदेश अधिवेशनको तयारी पूरा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको पहिलो एकताको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अधिवेशनमा विभिन्न जिल्लाबाट ५०० प्रतिनिधि र १०० पर्यवेक्षक सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले जानकारी दिए । उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने प्रदेश अधिवेशन यही असोज २७ र २८ गते सम्म सञ्चालन हुने जानकारी दिए ।

अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजीले उठाएका मागसहितका विभिन्न विषयमा छलफल हुने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । साथै अध्यक्ष पदाधिकारीसहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुने छ ।

प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधि वडा स्तरबाट छनोट भएर आउन लागेका छन् ।

पचास जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ३६ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट