त्रिविको सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजकि « Khabarhub

त्रिविको सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजकि


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ सार्वजनिक भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेसँगै प्रतिवेदन सार्वजनिक भएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

त्रिविको सयौं रोपनी जग्गा पहुँचवालाहरुले अतिक्रमण गरेको औँल्याइएको प्रतिवेदन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक नगरेर लुकाइराखेको थियो ।

छानबिन समितिले करिब २ हजार ४ सय रोपनी त्रिविको जग्गा हिनामिना र अतिक्रमण भएको खुलासा गरेको छ ।

समितिले त्रिविको करिब १ हजार रोपनी जग्गा हराएको, एक हजार रोपनी जग्गा अतिक्रमित भएको र ललितपुको लुभु र पुल्चोकमा करिक ४ सय रोपनी जग्गा वर्षौंदेखि भोगचलनबाहिर रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : १५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा