धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन् | Khabarhub Khabarhub

धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन्


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् । यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन । पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिए ।

अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उनले बताए।

“यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ । स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्”, समन्वय समिति प्रमुख मण्डलले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २० बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका