कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने | Khabarhub Khabarhub

कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने भएका छन् । यसका लागि छलफलको प्रारुपलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयलले दुई मुलुकबीच सन् २०२६ को तेस्रो त्रैमासमा स्वतन्त्र व्यापार सम्झौता भइसक्ने अपेक्षा गरिएको बताएका छन् ।

कतार भ्रमणका क्रममा मन्त्री गोयलले यस्तो जानकारी दिएको बिजनेश टुडेले जनाएको छ । कतार भारतको महत्वपूर्ण व्यापारिक साझेदार मुलुक हो । सन् २०२४–२५ मा दुई देशबीच १४ अर्ब १५ करोड डलर बराबरको व्यापार भएको थियो ।

भारतले कतारबाट प्राकृतिक ग्यास, प्रोपेन, ब्यूटेन, मलखाद प्लास्टिकजस्ता सामग्री आयात गर्छ भने कतारतर्फ औद्योगिक सामग्री, खाद्यान्न, रत्न तथा आभूषणजस्ता वस्तु निर्यात गर्छ । मन्त्री गोयलले सन् २०३० सम्म कतार र भारतबीचको व्यापारलाई १५ अर्बबाट ३० अर्ब डलरमा विस्तार गर्ने तयारी भइरहेको जनाएका छन् ।

भारतले मध्यपूर्वको अर्को मुलुक संयुक्त अरब इमिरेट्ससँग व्यापारिक सम्झौता गरिसकेको छ । यूएईको छिमेकी ओमनसँग पनि भारतले चाँडै यस्तो सम्झौता गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४५ बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका