पाकिस्तानमा पत्रकारको हत्या « Khabarhub

पाकिस्तानमा पत्रकारको हत्या


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा सञ्चारकर्मीहरु दिनप्रतिदिन असुरक्षित बन्दै जान थालेका छन् । हालैमात्र मिरपुरमा एक जना पाकिस्तानी पत्रकारको हत्या भएको छ ।

आफ्ना केटाकेटीलाई विद्यालय लैजादै गर्दा पत्रकार तुफैल अहमद रिन्दको हत्या भएको हो । उनलाई अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।

गोली लागेपछि घटनास्थलमै उनको ज्यान गएको कश्मीर ब्रेकिङ न्यूजले उल्लेख गरेको छ । यद्यपि घटनामा उनका सन्तानलाई भने केही नभएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि मिरपुर माथेले अस्पतालमा लगिएको छ । पत्रकारहरुले उनको हत्याको निन्दा गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

पाकिस्तानलाई पत्रकारका लागि सबैभन्दा असुरक्षित मुलुकमध्ये एक मानिन्छ । पछिल्लो समय पाकिस्तानमा पत्रकारहरु भयको वातावरणमा काम गर्न बाध्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : १५ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन