बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगे « Khabarhub

बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगे


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको खुलासा भएको छ । बीबीसीका अनुसार गत वर्षमात्रै बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको थियो ।

प्रहरीले बेलायतबाट आइफोन चोरी गरी चीन पुर्‍याउने गतिविधिमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेसँगै यस घटनाबारे तथ्य सार्वजनिक भएको हो ।

यस अभियानलाई बेलायतमा फोन चोरी विरुद्ध गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ । हालसम्म प्रहरीले १८ जनालाई पक्राउ गरिएको छ । त्यसबाहेक प्रहरीले दुई हजारभन्दा बढी चोरीका फोनहरू पनि बरामद गरेको बीबीसीले जनाएकोे छ ।

पक्राउ परेकाहरूमा दुई जना अफगान र एक भारतीय नागरिक पनि रहेको बीबीसीले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार लन्डनमा चोरी भएका झण्डै आधा फोन विदेश लैजान यही गिरोह जिम्मेवार छ ।

गत क्रिसमसमा एक पीडितले आफ्नो चोरीको आईफोन ट्र्याक गरेकी थिइन् । उक्त फोन लण्डनको हिथ्रो विमानस्थल नजिकैको गोदाममा फेला परेपछि अनुसन्धान सुरु भएको थियो ।

सुरक्षाकर्मीहरूले अनुसन्धानका क्रममा उक्त स्थानमा पीडितको सहित ८ सय ९४ अन्य फोनहरू पनि फेला पारेका थिए । अनुसन्धानमा ती सबै फोनहरू चोरी भएको र हङकङका लागि पठाउने तयारी भइरहेको पत्ता लगाएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ५८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा