प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता « Khabarhub

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच राष्ट्रियसभालाई अगाडि बढाउने र यससँग सम्बन्धित समसामयिक तथा व्यवस्थापकीय विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।

उनले अन्तरराष्ट्रिय संसदीय मञ्च (आइपियु)को यही अक्टोबर १९ देखि २३ सम्म स्विटजरल्यान्डको जेनेभामा हुने सम्मेलन र त्यसमा नेपालका तर्फबाट भाग लिने प्रतिनिधिमण्डलबारे परामर्श भएको बताए ।

अध्यक्ष दाहालले आगामी फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सांसदको अवधि समाप्त हुने र त्यसका लागि ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधानबारे अवगत गराएका थिए ।

यसैगरी राष्ट्रियसभा बैठक बस्दा प्रयोग हुने हलको अभावबारे छलफल भएको र त्यस सम्बन्धमा सरकार तथा सङ्घीय संसद् सचिवालयको योजनाअनुसार अबको एक महिनाभित्र सभाहल तयार हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

“राष्ट्रियसभामा केही विधेयकहरू बाँकी रहेका छन् र तिनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत सरसल्लाह भएको छ । संसद् विघटन भएको अवस्थामा राष्ट्रियसभा अलि बढी सक्रिय हुनुपर्ने भएकाले यस विषयमा पनि छलफल भयो”, अध्यक्ष दाहालले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका