तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै « Khabarhub

तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको जावलाखेलमा तिहारको अवसरमा पाँच दिन गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।

यो वर्षको फूल प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

बृहत् गोदावरी फूल प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल रहने छन् । अफिसियल, प्रतियोगितात्मक, सेल्फी र प्लान्ट क्लिनिक गरेर कुल ९० वटा प्रदर्शनी कक्ष रहने आयोजकले जनाएका छन् । २०५१ सालदेखि लगातार पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनको यो १८ औँ प्रतियोगितात्मक प्रदर्शनी हो ।

प्रदर्शनीमा नर्सरीले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्कृष्ट स्टलतर्फसमेत प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेले शिल्ड नगद र प्रमाणपत्र पाउँने छन् ।

प्रदर्शनीको उद्घाटन असोज २९ गते बुधबार बिहान ११ बजे जावलाखेल मैदानमा हुने कार्यक्रम तय भएको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द्रप्रसाद शर्माले गर्नेछन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले प्रदर्शनीको अवलोकनका लागि सबैलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवम् मेला संयोजक सुमन महर्जन, महासचिव हीरामणि शर्मालगायत कार्यसमिति सदस्य र व्यवसायीको उपस्थिति थियो ।

२०११ सालमा सामान्य स्तरबाट सुरु भएको पुष्प व्यवसाय अहिले व्यापक बनेको छ । नेपालका ७७ मध्ये ५२ जिल्लामा पुष्प व्यवसाय हुने गरेको छ । लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुँदै आएको छ । अहिले पुष्प व्यवसायको अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढी रहेको छ । यो व्यवसायमा ५३ हजार पाँच सय बढी जनशक्तिले रोजगारी पाएको एसोसिएसनको तथ्यांकमा उल्लेख छ ।

नेपालमा उत्पादन भएको पुष्पबाहेक १० देखि १५ प्रतिशत मात्र आपूर्ति हुने गरेको व्यवसायीको दाबी छ । सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयन नगर्दा केही नीतिगत समस्या रहेको एसोसिएसनले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ०२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर