नेपाल– चीनबीच काठमाडौं केरुङ रेल र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी | Khabarhub Khabarhub

नेपाल– चीनबीच काठमाडौं केरुङ रेल र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच रेलमार्ग र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ ।

नेपाल र चीनबीच केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौं केरुङ सडक अन्तर्गत टोखा छहरे र वेत्रावती स्याफ्रुवेसी सुरुङ मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्र आदानप्रदान भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच योसहित विभिन्न १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल(चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ५७ बजे

हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने