साढे २१ घन्टा नेपाल बसेर चीन फर्किए चिनियाँ राष्ट्रपति सी « Khabarhub

साढे २१ घन्टा नेपाल बसेर चीन फर्किए चिनियाँ राष्ट्रपति सी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् ।

सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका नेता विमानस्थल पुगेका थिए ।

शनिवार अपराह्न ४ : ४५ मा नेपाल आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए ।

ओलीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

शनिवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न विषयका समझदारीमा हस्ताक्षर एवं पत्र आदानप्रदान भएको छ । त्यसअघि चीन र नेपालका उच्च स्तरीय टोलीबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ३० बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको