झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग « Khabarhub

झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् । 

जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । 

कैदीबन्दीका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्दै आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीले भने, ‘थोरै भए पनि पीडितहरूका लागि राहत होस् भन्ने सोचका साथ सबै कैदीबन्दीले सहयोग गरेका हुन् ।’

प्रमुख भट्टराईले झापा कारागारमा कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा संलग्न रहँदै आएको उल्लेख गरे। उनले विपद्को घडीमा पनि मानवीय भावनासहित सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे। उनका अनुसार झापामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा एकद्वारा प्रणालीबाट राहत वितरण भइरहेको छ । 

हाल झापा कारागारमा एक हजार ५१९ पुरुष र ७६ महिला गरी जम्मा एक हजार ५९५ कैदीबन्दी छन् । 
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : १३ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर