सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय « Khabarhub

सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बसेको छ।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सिंहरदबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिवेदन पेश गरेका थिए ।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् । उनले जनताको सुरक्षालाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको पनि बताएकी छन् ।

यस बैठकमा प्रधानमन्त्री कार्कीसहित ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्य सहभागी थिए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हजारौँ थान हतियार हराएका छन् । एक लाखभन्दा धेरै गोली लुटिएका थिए ।

उता देशभरका कारागारबाट भागेका अझै ६ हजार कैदीबन्दी बाहिरै छन् । यो अवस्थामा देशमा सुरक्षा चुनौती बढेको विश्लेषणबीच सुरक्षापरिषद् बैठक बसेको हो । यसअघि आइतबार मात्रै गृहमन्त्री अर्यालले लुटिएका हतियार खोजीका लागि विशेष अपरेशन चलाउने बताएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ५० बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत