जेन-जी आन्दोलनमा घाइते भएका २४ जना अझै उपचाररत  « Khabarhub

जेन-जी आन्दोलनमा घाइते भएका २४ जना अझै उपचाररत 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीका नाममा गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन क्रममा घाइते भएका २४ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार घाइतेमध्ये सबैभन्दा धेरै १० जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने वीर अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा ३, टिचिङमा ३ जना घाइतेको उपचार भइरहेको छ । 

त्यस्तै पाटन अस्पताल, नेपाल पुलिस अस्पताल र नेपाल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा एक एक जना र बि एण्ड बि अस्पतालमा २ जनाको उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ । घाइते भएर अस्पतालमा आएका २ हजार ५ सय ७१ मध्ये २ हजार ४ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ५२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी